नियम ४०
बढुवा उपरको उजूरी
  (१) सेवा समूह सम्बन्धी प्रचलित कानून बमोजिम  सम्बन्धित बढुवा समितिले गरेको बढुवा सिफारिसमा चित्त नबुझ्ने सम्भाव्य उम्मेदवारले सम्बन्धित सेवा शर्त सम्बन्धी कानूनमा तोकिएको म्यादभित्र उजूरकर्ता स्वयं उपस्थित भई आयोगले तोकेको दस्तुर, आफुले बढुवा पाउनु पर्ने स्पष्ट आधार र प्रमाण समेत संलग्न राखी आयोगमा उजूरी दिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उजूरी गर्न उजूरकर्ता आयोगमा आफै उपस्थित हुन नसकेमा सोको कारण खुलाई कुनै निजामती कर्मचारीले उजूरीकर्ताले दिन चाहेको उजूरी आयोगमा दिन सक्नेछ ।
तर त्यसरी आयोगमा उजूरी दिन ल्याउने कर्मचारीले उजूरीको व्यहोरा र दस्तखत सम्बन्धित उजूरीकर्ताको नै हो भनी आयोग समक्ष सनाखत गरी सहीछाप गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम आयोगमा बढुवा उपरको उजूरी पर्न आएमासम्बन्धित बढुवा समितिको प्रतिक्रिया, बढुवा सिफारिस भएका र उजूरकर्ताको व्यक्तिगतविवरण, कार्यसम्पादन मूल्याड्ढन फाराम र अन्य सम्बन्धित आवश्यक कागजात समेत बढुवा समितिको सचिवालयसँग माग गरी आयोगले त्यस्तो बढुवा उजूरीको सम्बन्धमा निर्णय गर्नेछ ।
(३क) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (३) बमोजिमका विवरण तथा कागजात प्राप्त भएको कम्तीमा सात दिन पुरा नभई आयोगले निर्णय गर्ने छैन ।
(४) उपनियम (३) बमोजिम आयोगबाट भएको निर्णय कार्यान्वयनको लागि सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउनु पर्नेछ ।